HomeBreakingएटिएम मेशिन फोड्ने पक्राउ

एटिएम मेशिन फोड्ने पक्राउ

काठमाण्डौं, १६ माघ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले एटिएम मेशिन फोड्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्ला माछापुछ्रे गाउँपालिका– ९ स्थायी घर भइ पोखरा महानगरपलिका– १७ बिरौटा बस्ने राजकुमार पौडेल रहेका छन ।

पौडेलले पैसा चोर्ने उद्देश्यले कास्की जिल्ला जिरो किलोमिटरमा रहेको नेपाल इन्भेष्टमेण्ट बैकको एटिएम फोडदै गरेको अवस्थामा वडा प्रहरी कार्यालयको बैदामको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मिहन कुमार थापाले बताउनुभयो ।

पक्राउ परेका पौडेललाई चोरी मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय कास्कीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments