पोखरा, २८ फागुन ।
पोखरामा बीच सडकमा दिनदहाडै एक जना पुुरुषले अनौठो हर्कत गरे । एक जना विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गर्दै गरेको उनको हर्कत स्वभाविक पटक्कै थिएन ।
स्थानियले बताए अनुसार ती व्यक्तिले बालिकालाई अपहरणकै प्रयास गरेका थिए । यद्यपी प्रहरीकोमा जाहेरी भने बालयौन दुरुपयोगको परेको छ । ती क्रियाकलाप भैसकेपछि स्थानियहरुले रामधुलाई गर्ने प्रयास गरे तर प्रहरी उपस्थित भैसकेको हुनाले त्यहाँ अर्को दुर्घटना हुन पाएन ।
पब्लीक टेलिभिजनबाट शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रम गण्डकी छड्केको श्रृखलामा यही बिषयमा रिपोटीङ गरीएको छ ।
सोही श्रृखलामा अफिस नै बन्द गरेर कर्मचारी र जनप्रतिनिधि अवलोकन भ्रमण भन्दै घुम्नका लागि निस्किएका छन् । प्रसारित कार्यक्रम तलको भिडियोमा हेर्नुहोस ।
