HomeBreakingतनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तनहुँ, १९ पुस ।

म्याग्दे गाउँपालिका–६, मौरीबजारस्थित ठुलो पहिरोमा आज बिहान ४ः ४० बजे बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

वीगन्जबाट पोखरातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्दा बसका चालकसहित बसमा सवार यात्रुहरुमध्ये ३२ जना घाइते भएका हुन् ।

तनहुँ प्रहरीका अनुसार घाइतेहरुको गण्डकी अस्पताल पोखरा र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments