HomeBreakingमेक्सिकोको आप्रवासी नियन्त्रण केन्द्रमा आगलागी ः ४० जनाको ज्यान गयो, २८ जना...

मेक्सिकोको आप्रवासी नियन्त्रण केन्द्रमा आगलागी ः ४० जनाको ज्यान गयो, २८ जना घाइते

पोखरा, १५ चैत्त ।

अमेरिकी सीमा नजिकै पर्ने उत्तरी मेक्सिकोको एउटा आप्रवासी नियन्त्रण केन्द्रमा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको छ । घटनामा २८ जना घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको मेक्सिकोको राष्ट्रिय आप्रवासन संस्थाले जनाएको छ । आगलागीका बेला केन्द्रमा मध्य र दक्षिण अमेरिकाका गरी ६८ जना आप्रवासी थिए ।

आगलागी भएको क्षेत्र आसपासमा मेक्सिको हुँदै अवैध रुपमा अमेरिका छिर्न चाहने अवसर खोजिरहेका आप्रवासी वा शरणका लागि आवेदन दिएर कुरिरहेका शरणार्थीका थुप्रै शिविर रहेको बीबीसीले जनाएको छ ।

मानव तस्करले जोखिमपूर्ण यात्रा गराउँदै विभिन्न देशका आप्रवासीलाई अवैध रुपमा अमेरिका प्रवेश गराउँदै आएका छन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments