Homeगण्डकी प्रदेशपोखराको बाटुलेचौर क्षेत्रका स्थानीय आन्दोलित, वडा कार्यालयमा तालाबन्दी

पोखराको बाटुलेचौर क्षेत्रका स्थानीय आन्दोलित, वडा कार्यालयमा तालाबन्दी

पोखरा, ०२ चैत्त ।

कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ याम्दी पुलसम्म पुष्ष्लाल मध्यपहाडी राजमार्ग बनाउन रेखाङ्कन गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन् । स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाइएकाले विरोध गर्दै स्थानीयले पोखरा १६ को वडा कार्यालयमा दुई घण्टा ताला लगाएर धर्ना दिएका थिए ।

अहिले उक्त सडक निर्माण कार्य रोकिएको छ। पोखरा महानगरपालिका वडा नम्बर १६ का स्थानीयले आफ्नो घरबार नै उठ्ने गरी पूर्व जानकारी नदिइ राजमार्ग बनाउन रेखाङ्कन गरिएको भन्दै आन्दोलन गरेपछि निर्माण कार्य अघि बढ्न नसकेको हो । स्थानीयको आन्दोलनपछि पुष्पलाल राजमार्ग योजना कार्यालयल कुश्म, पर्वतले वडा कार्यालय १६ लाई पत्रचार गरी विवाद समाधान भएपछी मात्र निर्माण कार्य अघि बढ्ने व्यहोराको पत्र चैत १ गते पठाएको छ ।

मध्यपहाडी राजमार्गको भैंसे–ज्याम्दु–मेलबोट–पानीघाट–आंटीघर–अर्मलाकोट–कालीखोलापुल–अमलाबिसौनी–लामाचौर–जौबारी–याम्दीपुलसम्मको निर्माण कार्यको लागि ठेक्का व्यवस्थापन भएर पुष्पलाल राजमार्ग योजना कार्यालयल कुश्म, पर्वतलाई निर्माणको लागि हस्तान्तरण भएको अवस्थामा स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

२०७८ फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत पोखराको भैंसे–ज्याम्दुबाट जौबारी–याम्दीपुलसम्मको सडकको रेखांकन स्वीकृत गरेको थियो। यो खण्डमा सडक निर्माणको काम अघि बढाउने तयारी हुँदै गर्दा स्थानीयले रेखांकनकै विरोध गरेर आन्दोलनमा उत्रिएपछि समस्याको समाधान भएपछि मात्र निर्माण कार्य अघि बढाउने गरी रोकीएको आयोजनाले जनाएको छ।

राज्यले स्थानीयलाई जानकारी नदिइ घरबार नै उठ्ने गरी राजमार्गकालागि रेखांकन गरेकोले आन्दोलनमा उठ्नु परेको पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना पीडित संघर्ष समिति पोखरा १६ का सचिव सन्दीप थापाले बताउनुभयो ।

वडा कार्यालयले स्थानीयलाई जानकारी समेत नदिइ रेखांकनका लागि सिफारिस गरेको स्थानीयको आरोप छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments