काठमाडौं, २५ फागुन ।
श्री एअरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ। बिहीबार बिहान काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एअरको क्यु ४०० जहाज उडानको २३ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको हो।
जहाजको दाहिने इन्जिनमा आगो लागेको देखिएपछि धादिङको थाक्रेको गुराँस भन्ने प्वाइन्टबाट फर्काएर सुरक्षित अवतरण गराइएको हो।
जहाजमा रहेका सबै जना सकुशल रहेका जनाइएको छ। उक्त जहाजमा ७२ जना यात्रु सवार थिए।
