पोखरा, १९ फागुन ।
स्याङ्जा जिल्ला अदालतबाट बलात्कार मुद्धामा दोषि ठहर भएका बिपिन भन्ने पोत बहादुर सुनार अहिले आफ्नो १२ बर्ष लामो जेल सजाय भुक्तानको लागी कारागारमा छन । बलात्कृत भएको भनिएकी किशोरी भने अहिले बलात्कार मुद्धाका ‘दोषी’ बिपीनको घरमै बस्छीन ।
उनीहरुले करीब ३ बर्ष अघि अन्तरजातिय बिबाह गरेका थिए । बिहे गर्दा दुबैको कानुन अनुसारको उमेर पुगेको थिएन । बिहे पछी उनीहरुको बच्चा समेत भयो । छोरी जन्मेको ६ महिना पछी पिडित भनिएकी किशोरीको आन्टीको जाहेरीले बिपिन थुनामा गए । अन्तीम फैसला आउदा जिल्ला अदालत स्याङ्जाले बिपीनलाई दोषी ठहर गरी १२ बर्ष कैद सजाय सुनायो । यद्यपी बिपीन पुनरावेदनको लागी उच्च अदालत पुगेका छन ।
भागेर अन्तरजातिय बिबाह गरेकी किशोरी भने तनाबमा छिन । कानुन अनुसार त न्याय पाइन, तर ब्यबहारमा त्यही न्यायले आफुलाई अन्याय भएको उनको गुनासो छ । माइतीको दबाबले आफुले उ बेला गलत बयान दिएको, अदालतमा भने आफ्नो कानुन ब्यबसायीले भने अनुसार नै बलात्कार नभएको इन्कारी बयान दिदा पनी बिपीन लाई यती लामो जेल सजाय हुदाँ आफु बर्बाद भएको उनको भनाई छ ।
‘माइती जाऊ, अन्तरजातिय बिहे गरेपछी ३ बर्षदेखी बोलचाल नै छैन’ उनी भन्छीन– ‘घर बसौ, जो भनेर आए, उ नै जेलमा छ, अब यो छोरीलाई मैले कसरी हुर्काउने ?’
उच्च अदालत, पोखराले आफुलाई कानुन अनुसारको अन्याय गरेर, ब्यबहारीक न्याय दिने आशामा किशोरी बसीरहेकी छिन । आफ्नो यो पिडा उनले सार्वजनिक रुपमा मिडिया मार्फत ब्यक्त गरेकी छिन । पब्लीक टेलिभिजनबाट शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रम गण्डकी छड्केको श्रृखलामा यही बिषयमा रिपोटीङ गरीएको छ ।
सोही श्रृखलामा जापान पठाउने भन्दै रहस्यमय ढंगबाट भएको ठगीको बिषय समेत समेटीएको छ । प्रसारित कार्यक्रम तलको भिडियोमा हेर्नुहोस
