Homeगण्डकी प्रदेशगण्डकी प्रदेशकोे चालु अधिवेशन अन्त्य

गण्डकी प्रदेशकोे चालु अधिवेशन अन्त्य

पोखरा, १८ फागुन ।

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चालु अधिवेशन अन्त्य भएको सूचना प्रकाशन गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रदेश सभाको चालु अधिवेशन ०७९ फागुन १८ गते बिहिबार राति १२ बजेटबाट अन्त्य भएको व्यहोरा सम्बनिधत सबैको जानकारीको लागि अनुरोध छ ।’बुधबार प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङको सम्बोधनपछि सभा स्थगित गरिएको थियो । सभामुख कृष्ण धितालले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेपनि सरकारको सिफारिसमा बिहीबार चालु अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको सूचनामा छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments