तनहुँ, १८ फागुन ।
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा शहिद लखन गाउँपालिका–३ घर भई तनहुँ आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने ३३ वर्षीय नविन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत तनहुँको २०७८ पुस २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद फैसला भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले आँबुखैरेनी गाउँपालिका –४ मुग्लिङ पुलजिपबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दमौली तनहुँमा दाखिला गरिएको छ ।
