HomeBreakingहात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु

पोखरा, ११ फागुन ।

गण्डकीका तीनसहित हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधी सेवा अभियान’ बिहिबारदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार फागुन १५ सम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान चल्नेछ ।

गण्डकीका लमजुङ, पर्वत, बागलुङसहित झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा ‘आम औषधी सेवा अभियान’ आजदेखि सुरु भएको हो ।

प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थलमा बुथ राखेर औषधि वितरण गर्ने मन्त्रालयले जानकारी दिएको छ । हात्तीपाइलेविरुद्धको औषधीले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ । हात्तीपाइले हुनबाट पनि बचाउँछ । मन्त्रालयका अनुसार दुई वर्ष पूरा भएका सबैले हात्तीपाइलेविरुद्धको औषधी खानु पर्दछ । दुई वर्ष भन्दा मुनिका बालबालिका, गर्भवती सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधी सेवन नगर्न मन्त्रालयले भनेको छ ।

हात्तीपाइले विरुद्धको औषधी नखाएमा लामखुट्टेको टोकाइबाट हुने हात्तीपाइले रोग हुनसक्छ । यो रोग लागेमा खुट्टा, पुरुषमा अण्डकोष, महिलामा स्तन सुनिने लक्षण देखिन्छ । समयमै औषधी सेवन र उपचार नभएमा यसले शारीरिक अपांगता पनि निम्त्याउँन सक्छ । सन् २०२६ सम्ममा हात्तीपाइलेको संक्रमण दर एक प्रतिशत भन्दा कम गर्ने र २०३० सम्ममा निवारण गर्ने लक्ष्य नेपालले लिएको छ । अहिले यो दर चार प्रतिशतमा छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments