HomeBreakingप्रक्रिया पु¥याएरै कर्मचारी नियुक्त गर्नुपर्ने ः मन्त्री गाहा

प्रक्रिया पु¥याएरै कर्मचारी नियुक्त गर्नुपर्ने ः मन्त्री गाहा

पोखरा, ०२ फागुन ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशन गाहामगरले अहिले आफ्नो अवस्था नयाँ घरमा भित्राएको बेहुलीको जस्तो भएको बताउनुभएको छ । मंगलवार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मगरले नयाँ बेहुलीको जस्तै आफू अनविज्ञ रहेको बताउनुभयो ।

उहाँले अब विस्तारै मन्त्रालयको कामकारवाही निरन्तरता दिने बताउँदै मन्त्रालयको कामलाई अनुगमन गरेर पत्रकारले पनि आफ्नो दायित्व पूरा गर्नपर्नेमा जोड दिनुभयो । भोली दिनमा कही कतै कमीजोरी भइ हालेमा सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने मन्त्री मगरले उल्लेख गर्नुभयो । हिजो दिनमा सरकारले के कति काम गरे त्यसमा आफु नजाने भन्दै कानुनमन्त्री रोशन गाहामगरले भोलीको दिनमा सञ्चारकर्मीसँग हातेमालो गरेर जाने बताउनुभयो । कर्मचारीको सवालमा पनि जो इन्मादार छ, जो सच्चा छ र देशको लागि केही गर्छु भन्नेलाई अवसर प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो ।

सरकार प्रवक्ता समेत रहनुभएका मन्त्री मगरले विचारको हिसाबमा कसैलाई विभेद नगर्ने भन्दै उहाँले प्रक्रिया पु¥याएर मात्रै कर्मचारी नियुक्त गर्ने बताउनुभयो । आफ्नो मन्त्रालयमा कसैलाई विभेद नगरे भन्दै यदी अन्य मन्त्रालयमा भएमा नितीगत रुपमा आफूले अनुगमन गर्ने र सम्बधित निकायसँग कुराकानी गरेर सच्याउने बताउनुभयो ।

RELATED ARTICLES

Most Popular

Recent Comments