पोखरा, ०४ चैत्त ।
पोखरामा एक बालक हराएका छन् । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका वडा नं. ११ फुलबारी बस्ने १३ वर्षिय सुवास रोका नाम गरेका बालक गत चैत्त २७ गतेदेखि हराएका हुन् ।
गहुँगोरो वर्ण, पातलो शरिर, उचाई अन्दाजी ४ फिट ५ ईन्च, कालो कपाल, निधारमा काटेको खत भएको, सेतो ज्योकट, जिन्स पाईन्ट र जुत्ता लगाएको बालक घरबाट कोही कसैलाई जानकारी नगराई हिडेको र अहिलेसम्म सम्पर्कमा नआएकोले देख्नुहुने र भेट्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा बालकको परिवारलाई ९८२६६२९०४८ वा ९८४६०२२०२३ मा जानकारी गराईदिनहुन हार्दिक अनुरोध गरिन्छ ।
