पोखरा, २३ फागुन ।
कास्की प्रहरीले १२ वर्ष कैद सजाय भएका ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– २० लामाडाँडा बस्ने बर्ष ३० का डिल बहादुर गुरुङ भन्ने प्रिमस बहादुर गुरुङ रहेका छन् ।
कास्की जिल्ला अदालतको गत मंसिर ७ गतेको फैसलाले ज्यान सम्बन्धी कसूर मुद्दामा १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार जरिवाना फैसला गरेदेखि गुरुङ फरार रहेका थिए ।
गुरुङलाई आज बुधबार जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका –११ काँहुखोलाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई कास्की जिल्ला अदालतमा आवश्यक कारबाहीको लागि बुझाइएको जनाएको प्रहरीले जनाएको छ ।
