HomeBreakingपर्यटकलाई दुःख हैरानी पार्ने ९ जना पक्राउ

पर्यटकलाई दुःख हैरानी पार्ने ९ जना पक्राउ

पोखरा, १७ फागुन ।

सर्वसाधारण नागरिक तथा पर्यटकहरुलाई दुःख हैरानी दिने ९ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।

पोखराको पृथ्वीचोक र मुस्ताङचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा पर्यटकलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका –९ बसपार्क बस्ने रुपेन्द्र श्रेष्ठ, मोहन आचार्य, पोखरा नागढुङ्गा बस्ने नारायण अधिकारी, श्याम प्रसाद शर्मा, बसपार्क बस्ने विकास कुंवर, पृथ्वीचोक बस्ने बिमल ठकुरी, विकास श्रेष्ठ पोखरा १३ पाटनबेसी बस्ने रन्जन खड्का र पोखरा १७ ड्यामसाईड बस्ने सविन नेपाली छन् ।

उनीहरूले सर्वसाधारण नागरिक तथा स्वदेशी विदेशी पर्यटकहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुःख हैरानी दिँदै अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments