HomeBreakingसुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ

सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ

काठमाण्डौं, ०८ फागुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइनेछ ।

RELATED ARTICLES

Most Popular

Recent Comments