पोखरा, १८ ।
सवारी ज्यानसम्बन्धी मुद्धामा फरार भएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३३, तल्लोपुडीका ३१ वर्षीय नगेन्द्र केसी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको टोलीले केसीलाई माघ १६ गते उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
२०७९ माघ २९ गते कास्की जिल्ला अदालतको फैसला अनुसार केसीविरुद्ध २ वर्ष ११ महिला ६ दिन कैद सजाय र ३२ हजार रुपैयाँ जरिवाना तोकिएको छ । पक्राउ परेका केसीलाई प्रहरीले अदालतमा पेश गरेको छ ।
