पोखरा, १८ माघ ।
कास्की प्रहरीले पोखरा महानगरपालिका –१९ भुनपुरेमा अबैध काठसहित जीप नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान साढे १० बजे पुरनचौरबाट लामाचौरतर्फ आउँदै गरेको ग २ च ५३५७ नं. को बोलेरो जीपलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त जीपमा अबैध रुपमा चिरुवा काठ (फल्याक) २७२ थान लोड गरी ल्याएको र उक्त काठको प्रयोजन खुल्ने कुनै कागजात नभएको हुँदा नियन्त्रणमा लिइएको जनाइएको छ ।
नियन्त्रणमा लिइएको जीप र जीप धनीलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय बगर कास्की पठाईएको प्रहरीले जनाएको छ ।
