HomeBreakingक्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डौं, ११ माघ ।

क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२८ बागबजारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments