HomeBreakingज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा, २० पुस ।

गत वर्ष माघ १५ गते पोखरा महानगरपालिका वडा नं. १३ काहुँखोलास्थित भाडामा बस्दै आएको घरमा आत्मदाह प्रयास गरेका कृष्णबहादुर क्षेत्रीलाई कास्की प्रहरीले पक्राउ गरेको गरेको छ ।

उनलाई बुधबार बिहान ११ बजे पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । जिल्ला अदालत कास्कीले कृष्णलाई फैसला बमोजिमको सजाया भुक्तान गर्न कारागार पठाएको छ ।

१० वर्ष कैद सजायमा अदालतको आदेश बमोजिम क्षेत्रीले अझै ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

कास्कीको मादी गाउँपालिका वडा नं.६ निवासी वर्ष ४४ का कृष्णबहादुर क्षेत्रीले गत वर्ष २०७९ माघ १५ गते काहुँखोलास्थित आफू भाडामा बसेको घरको बाथरुममा शरीरमा पेट्रोल छर्किएर आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments