HomeBreakingप्रहरीका ३ हजार हवलदारको सरुवा

प्रहरीका ३ हजार हवलदारको सरुवा

काठमाण्डौं, १७ मंसिर ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका झण्डै तीन हजार हवलदारहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गरिएको जानकारी दिएको हो।

मंसिर १५ गते बसेको प्रहरी अतिरिक्त महानिरीक्षकको बैठकको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको सूचनामा उल्लेख छ।

RELATED ARTICLES

Most Popular

Recent Comments