HomeBreakingमेडिकल हलबाट लागूऔषध बेचबिखन गर्ने एकजना प्रकाउ

मेडिकल हलबाट लागूऔषध बेचबिखन गर्ने एकजना प्रकाउ

पोखरा, ०२ कात्र्तिक ।

कास्की प्रहरीले लागु औषधसहित एक मेडिकल संचालकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका –६ लेकसाइड डिहिकोपाटनमा ‘जिना मेडिकल हल’ संचालन गर्दै आएका सर्लाही ईश्वरपुर नगरपालिका –१ घर भएका २८ वर्षीय सबिन चौधरीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चौधरीले उक्त मेडिकलबाट लागु औषध बेचबिखन गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले लुकाई छिपाई राखिएको अवस्थामा लागु औषधसहित उनलाई पक्राउ गरेको हो।

प्रहरीले चौधरीको मेडिकलबाट डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी कूल ८८ एम्पुल लागु औषध बरामद गरेको छ।

उनीमाथि लागु औषध मुद्धामा जिल्ला अदालत कास्कीबाट अनुमति लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments