HomeBreakingसुन प्रकरणको छानबीनका लागि सिआइबीका एसएसपी हङकङमा

सुन प्रकरणको छानबीनका लागि सिआइबीका एसएसपी हङकङमा

काठमाण्डौं, १३ भदौँ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले ६१ किलो सुन तस्करी प्रकरणमा थप छानबीनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाएको छ ।

सो सुन प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको सिआइबीले आचार्यलाई हङकङ पठाएको हो । गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

उक्त सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै सिआइबीले पत्राचार गरेपछी हाल इन्टरपोलको सहायतामा सुन प्रकरणको छानबीन गरिरहेको छ । प्रहरीले अहिेलेसम्म २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यसैबिच ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । उनको संलग्नताबारे प्रहरीले बताएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments