पोखरा, ०२ साउन ।
पोखरा महानगरपालिका–६ लेकसाईडस्थित सुबिलम्ब होटलको १०५ नम्बरको कोठाबाट अवैध लागूऔषध गाँजा २५ किलो २ ग्रामसहित सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने २४ वर्षीय बिक्रम मोक्तानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको कोठाको बोरामा लुकाई राखेको उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो ।
