काठमाण्डौं, १४ असार ।
ललिता निवासको जग्गा अनियमिततामा मुछिएका तीनजना आरोपितहरु सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका छन् ।
आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको दाबीसहित सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मिनबहादुर गुरुङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेका हुन् ।
राज्यका निकायले कुनै पनि व्यक्तिलाई गैरकानूनी रुपमा पक्राउ गरे वा थुनामा राखेमा त्यसको कानूनी उपचारका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दिन सकिने कानुनी व्यवस्था छ ।
यसै व्यवस्थालाई टेकेर उनीहरु तीनै जनाले र्सोच्चमा रिट दर्ता गराएका हुन् । यसको भोली शुक्रबार सुनुवाइ हुनेछ । हदम्याद सकिएको अवस्थामा आफूहरुमाथि किर्तेको अभियोगमा अनुसन्धान गर्न खोजेको उनीहरुको जिकिर छ ।
