HomeBreakingदुई फरार प्रतिवादी पक्राउ

दुई फरार प्रतिवादी पक्राउ

पोखरा, ०८ असार ।

कास्की प्रहरीले दुई फरार प्रतिवादीलाई बिहिवार पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका– ३१ नहरचोक बस्दै आएका ३६ वर्षीय हरि नेपाली र मुस्ताङको थासाङ गाउँपालिका– ३ घर भई हाल पोखरा महानगरपालिका– १२ चापापानी बस्दै आएका ३३ वर्षीय नविन गौचन रहेका छन् ।

प्रहरीका अनुसार हरि २०७८ साल कात्तिक २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद र २० लाख जरिवाना फैसला भई हालसम्म फरार रहेका थिए भने नविन २०७९ साल कात्तिक ३ गतेको फैसलाले जुवातास मुद्दामा २४ दिन कैद सजाय र १६०० जरिवाना फैसला भई हालसम्म फरार रहेका थिए ।

उनीहरुलाई बिहीबार नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अदालत बुझाइएको पनि प्रहरीले उल्लेख गरेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments