काठमाण्डौं, ३२ जेठ ।
सरकारले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सचिवहरु मध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताउनुभयो । उहाँले मन्त्रीपरिषदको बैठकले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको बताउनुभयो ।
३ महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।
सरकारले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।
३ महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताउनुभयो । यस्तै, साउदले सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गरेको बताउनुभयो ।
