HomeBreakingलागू औषध कारोवारीमाथि त्रिभुवन विमानस्थल नजिक प्रहरीले गोली चलायो, एकजना पक्राउ

लागू औषध कारोवारीमाथि त्रिभुवन विमानस्थल नजिक प्रहरीले गोली चलायो, एकजना पक्राउ

काठमाण्डौं, २८ जेठ ।

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्रहरीको गोली चलेको छ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरेको हो ।

आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा कारोबारी मध्येका एकले प्रहरीलाई आक्रमण गर्न खोजेपछि प्रहरीले गोली हानि नियन्त्रणमा लिइएको हो ।

प्रहरीको गोलीबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको जोशीले जानकारी दिनुभएको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments