पोखरा, २८ जेठ ।
पोखराको एक स्विमिङ पुलमा पौडी खेल्ने क्रममा बालकको मृत्यु भएको छ । पोखरा १६ स्थित मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षका ऐनक्स थापाको पौडी खेल्ने क्रममा डुबेका थिए ।
दिप अस्पताल पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
स्कुलको छतबाट खसेर पोखरामा एक किशोरी घाईते भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–८ बगालेटोलस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर १५ वर्षिया किशोरी चाहत शाह घाईते भएकी हुन् । उनी विहान ५ बजेर ५५ मिनेटमा छतबाट खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
भारतको विहारस्थित मोतिहारी घर भएकी किशोरी खेल्ने क्रममा आफू अध्ययनरत विद्यालयको छतबाट खसेकी थिईन् । उनलाई तत्काल उद्दार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको उपचार भईरहेको कास्की प्रहरीको भनाई छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
