HomeBreakingप्रभात बोसेल प्रकरण ः कारागार चलान कि धरौटीमा रिहा (भिडियो सहीत)

प्रभात बोसेल प्रकरण ः कारागार चलान कि धरौटीमा रिहा (भिडियो सहीत)

पोखरा, २६ जेठ ।

बागलुङका २३ बर्षिय युवा प्रभात बोसेल अहिले प्रहरी हिरासतमा छन । म्याग्दीबाट अहिले उनलाई कास्की प्रहरीको हिरासतमा सारीएको छ । उनीमाथी २२ बर्षीय एक युवती माथी अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको गम्भीर आरोप छ ।

बलात्कारको वारदात स्थल पोखरा भएको किटानी जाहेरीको बिबरणको आधारमा कास्की प्रहरीले अनुसन्धान गर्दैछ । उता म्याग्दी प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्धामा अनुसन्धान गरीरहेको छ । अबको बढीमा एक साता भित्र प्रहरीको अनुसन्धान प्रतिबेदन कास्की र म्याग्दी जिल्ला अदालतमा पेश हुदैछ । शुरुमा कास्की प्रहरीले प्रतिवेदन पेश गर्ने तयारी छ ।

थुनछेक बहसपछी नै प्रभात साधारण तारिख वा धरौटीमा रिहा हुने कि पुर्पक्षका लागी कारागार चलान हुने भन्ने बारे आदेश आउनेछ । उनी जेल चलान नहुन दुबै अदालतबाट नै साधारण वा धरौटीमा रिहा हुने आदेश आउनुपर्ने हुन्छ । अर्को तर्फ अन्तरजातिय प्रेम सम्बन्धका कारण एक निर्दोष युवा माथी झुटा मुद्धा लगाइएको भन्दै सामाजिक सञ्जाल देखी सडक सम्म बिरोध प्रर्दशन भैरहेको छ ।

यस्तोमा जाहेरवाला (परीवर्तित नाम ४३४०) ले आफुलाई नशालु पदार्थ सेवन गराई भारत लगी बन्धक बनाएको जिकीर गरीरहदा प्रतिवादी प्रभात र जाहेरवाला ४३४० भारत जार्दै गर्दाको भिडियो सार्वजनिक भएको छ । जहाँ उनीहरु हासीखुशी भारत प्रस्थान गरेको देख्न सकिन्छ । यद्यपी जाहेरवाला युवतीले आफु बाध्य भएर सहज भएजस्तो देखाउनु परेको यस अघिकै एक अन्तरवार्तामा बताइसकेकी छन ।

यसै बिषयमा पब्लीक टेलिभिजनको कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा रिपोटीङ गरीएको छ । पब्लीक टेलिभिजनमा शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

RELATED ARTICLES

Most Popular

Recent Comments