HomeBreakingजनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ

जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ

काठमाण्डौं, २६ जेठ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) लेखनाथ भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेको छ ।

उनलाई ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आज शुक्रबार रकमसहित काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको अख्तियारको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले भट्टराईलाई पक्राउ गरेको उनले बताए ।

पक्राउ परेका भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments