HomeBreakingपोखरा बिश्वबिद्यालयको पदपुर्ती रहस्यमय (भिडियो सहीत)

पोखरा बिश्वबिद्यालयको पदपुर्ती रहस्यमय (भिडियो सहीत)

पोखरा, ०६ जेठ ।

पोखरा बिश्वबिद्यालयले सेवा आयोग मार्फत बिभिन्न पदमा पदपुर्तीको लागी बिज्ञापन आब्हान ग¥यो । धेरै पदहरुको लिखित परीक्षा सम्पन्न भयो । लिखितमा उत्र्रिणहरुको अन्तरवार्ता हुने समय आउन लाग्दा एउटा सिफारीस पत्र बाहिरीयो ।

‘जो जस संग सम्बन्धीत छ’ शिर्षकको पत्र नेकपा एमाले, पोखरा बिश्वबिद्यालय शाखा कमिटीको लेटरहेडमा देखिन्छ भने तहाँ पार्टी कमिटी अध्यक्ष भनि झलक नाथ शर्मा र प्रगतिशिल प्राध्यापक संगठन संयोजक भनी राममणी अधिकारीले हस्ताक्षर गरेको देखिन्छ । पत्रमा बिज्ञापन अनुसार लिखितमा नाम निकालेका १७ जनाको नाम र पद उल्लेख छ । बैशाख ८ गतेको यो पत्रले पोखरा बिश्वबिद्यालयले गर्न लागेको पदपुर्तीमा गम्भीर सेटीङ भएको आशंका गरीएको छ ।

पत्रमा हस्ताक्षरकर्ता भनि देखिएका मध्येका एक झलक नाथ अधिकारीले पत्र नै किर्ते भएको दाबी गरे । अर्का हस्ताक्षरकर्ता भनिएका राममणी अधिकारीले घुमाउरो पारामा आफुले हस्ताक्षर गरेको स्वीकार र अस्वीकार दुबै गर्न भ्याएका छन ।

अहिले अन्तरवार्ता समेत भैसकेको छ । तर लामो समय बितिसक्दा पनी रिजल्ट प्रकाशित गरीएको छैन ।

टेलिभिजन कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा यसै बिषयमा रिपोटीङ गरीएको छ । पब्लीक टेलिभिजन बाट शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः

RELATED ARTICLES

Most Popular

Recent Comments