HomeBreakingपोखरामा क्रेनको ठक्करबाट एक महिलाको ज्यान गयो

पोखरामा क्रेनको ठक्करबाट एक महिलाको ज्यान गयो

पोखरा, २९ वैशाख ।

पोखरामा क्रेनले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । बिहीवार हिजो दिउँसो क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोकी ३८ वर्षीया धना अधिकारीको ज्यान गएको हो ।

पोखरा ५ मालेपाटनमा रहेको विद्युत् कार्यालय अगाडिको सडकबाट बाटो पार गर्ने क्रममा उहाँलाई क्रेनले ठक्कर दिएको थियो । अधिकारीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज ज्यान गएको हो ।

मृतक अधिकारीका आफन्तले आज झण्डै ३ घण्टा पृथ्वीचोक–महेन्द्रपुल सडक अवरुद्ध पारेका थिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments