HomeBreakingकायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाण्डौँ, २८ वैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत ‘जिउँदो सहिद’ कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments