पोखरा, २२ बैशाख ।
डिभिजन वन कार्यालय, चितवनका एक कर्मचारी घुस रकम लिदै गर्दा भेटीएका छन । करीब १७ बर्ष अगाडीे एक मुद्धाको जरीवाना रकम नबुझाएपछी चितवन वनले मकवानपुरमा रहेको एक प्रतिवादीको जग्गा रोक्का राखेको थियो ।
८ हजार सरकारी खातामा जम्मा गरेपछी चितवन वनले मालपोतलाई जग्गा फुकुवाको लागी पत्र पठाउने र मालपोतबाट फुकुवा लिने सामान्य प्रकृया अगाडी बढाइदिएवापत डिभिजन वनका समिर पौडेलले सेवाग्राही संग घुस रकम माग गरेका थिए ।
घुस रकम माग गरेपछी सेवाग्राहीहरु सरोज पाख्रिन र कृष्ण तिमिल्सिनाले टेलिभिजन कार्यक्रम गण्डकी छड्केमा सम्पर्क गरेका थिए । घुस खाएर मात्र काम गर्ने गलत प्रबृद्धीलाई निरुत्साहीत गर्नका लागी यस बिषयमा रिपोटीङ गरीदिन आग्रह गरेपछी गण्डकी छड्केको टोली स्थलगत रिपोटीङको लागी चितवन पुगेको थियो ।
रिपोटीङका क्रममा डिभिजन वनका कर्मचारी समिर पौडेलले बिभिन्न बाहाना बनाई घुस रकमको डिल गरेको र कार्यालयमा पुगेका सेवाग्राही संग घुस मागेर लिदै गरेको रेकर्ड समेत भेटीएको छ । ८ हजार राजश्व लाग्ने कामको लागी उनले सहजीकरण गरेको बाहानामा थप २५ हजार माग गरी सेवाग्राही बाट कुल ३३ हजार कार्यालयमै लिइसकेको अवस्थामा समिर पौडेल फेला परेका हुन ।
यस बिषयमा टेलिभिजन कार्यक्रम गण्डकी छड्केमा रिपोटीङ गरीएको छ । पब्लीक टेलिभिजनमा शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस
