HomeBreakingनक्कली भुटानी शरणार्थी प्रकरणः नेता रायमाझीका बाबु–छोराविरुद्ध पक्राउ पूर्जी

नक्कली भुटानी शरणार्थी प्रकरणः नेता रायमाझीका बाबु–छोराविरुद्ध पक्राउ पूर्जी

काठमाण्डौं, २० वैशाख ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको प्रकरणमा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

नेता रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । दुवै जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको र अहिले खोजी शुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यही प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई बुधबार मात्रै काठमाडौंबाट पक्राउ गरेको छ।

सोही प्रकरणमा द्वन्द्व विज्ञ तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments