HomeBreakingपाल्पा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु, ३५ घाइते

पाल्पा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु, ३५ घाइते

पाल्पा, १० वैशाख ।

बुटवलबाट बाग्लुङको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस तानसेन बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका–५ जोरधारामा आइतबार दुर्घटना भएको छ ।

आइतबार बिहान बस दुर्घटना हुँदा एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना परी ३५ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाकी अन्दाजी ३६ वर्षीय राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको र अन्यको हातखुट्टा र टाउको छातिमा चोटपटक लागेको कलेजका मेडिकल सुपरिटेनडेन्ट राजु शाक्यले बताउनुभयो ।

बस तीव्र गतिमा रहेको र मोडमा साईड नकटेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । बस सडकबाट करिब १ सय मिटर तल खसेको उहाँले बताउनुभयो ।

घाइतेको उद्धारमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीहरु जुटेर तत्काल उद्धार गरेर लुम्बिनी मेडिकल कलेज पठाएका थिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments