HomeBreakingखोचमा खसेकी बालिकाको मृत्यु

खोचमा खसेकी बालिकाको मृत्यु

पोखरा, ०३ वैशख ।

पोखरा महानगरपालिका वडा नं. १५ स्थित खोचमा खसेकी बालिकाको मृत्यु भएको छ । पोखरा ८ नागढुङ्गा बस्ने १२ वर्षीया स्मेति पराजुली सिताराम पुल नजिकै जमिन चिरा (प्वाल) परेको ठाउँमा शनिबार दिउसो २ः५० बजे चिप्लीयर खसेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार खोचमा खसेको सूचनाा प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामको टोली, वडा प्रहरी कार्यालय रामबजार, सशस्त्र प्रहरी बल कालिका गणको टोलीले पराजुलीलाई फेला पारि दिनको ५ः०० बजे उद्दार गरेको थियो ।

उद्दार पश्चात उपचारका लागि लगिएको क्षेत्रिय अस्पतालमा उक्त बालिकाको साँझ ५ः५५ बजे डाक्टरद्वारा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments