HomeBreakingजनप्रतिनिधिलाई जातिय विभेद गरेको आरोप

जनप्रतिनिधिलाई जातिय विभेद गरेको आरोप

पोखरा, १९ चैत्त ।

कास्कीको माछापुच्छ«े गाउँपालिका ५ का वडा सदस्य रामजी लामिछाने सहित ५ जनालाई जाीतय छुवाछूतको आरोप लोगेको छ ।

आफूलाई जातीय विभेद भएको भन्दै पोखरा भण्डारढिकका नारायण दमै (परियार)ले न्यायका लागि माग गरेका हुन्् । परियार गत फागुन २५ मा माछापुच्छ«े गाउँपालिका वडा नं ५ रिभानका सन्तोष परियारको छोराको व्रतबन्धमा सहभागी हुँदा जातीय विभेदमा परेका थिए ।

व्रतबन्धमा भतेर खान अगाडि बढेका नारायणलाई भान्सामा खटिएकी सीता लामिछानेले अर्को छुट्टै भान्छामा गएर खाना भनि जवाफ दिएको उनको आरोप छ । प्रतिवादका क्रममा भनाभन भएपछि माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य रामजी लामिछानेले दलितले भान्सा जूठो गर्यो भन्दै दाल, भात, तरकारी सबै भुईंमा घोप्टाएको नारायणले दाबी गरेका छन् ।

लगत्तै स्थानीय सुजन लामिछानेले भान्सा बिटुलो भयो भन्दै अपमान गरेपछि आफू त्यहाँबाट भान्सासमेत नगरी फर्किएको उनको भनाई छ । घटना लगत्तै व्रतबन्धमा निम्तो गरेका सन्तोष परियारले पनि फोन गरेर पाहुना बाहुन क्षेत्रीको अपमान गरेर धर्म, संस्कार लत्याएर आफ्नो व्रतबन्ध कार्य नै विफल गरेकोमा कुल कुटुम्बबाट निकाल्ने धम्की दिएको परियारले बताए ।

घटनापछि विक्षिप्त बनेका नारायणले आफूमाथि जातीय विभेद गर्ने जनप्रतिनिधि रामजी लामिछाने, सीता लामिछाने, छुट्टै भान्सा बनाउनुपर्छ भनेर दवाब दिने सन्दीप परियार, जातीय विभेद हुँदा पनि उल्टै पीडितलाई क्षतिपूर्ति माग्र्ने सन्तोष परियारलगायतविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए ।

कास्की प्रहरीले पीडक भनिएका सन्तोष परियार र सुजन लामिछानेलाई पक्राउ गरेको छ । अर्का पीडक जनप्रतिनिधि रामजी लामिछाने र सीता लामिछाने भने फरार रहेका छन् ।

ईन्सेक गण्डकी मुक्ति समाज कास्की, नेपाल दलित संघ कास्की, नेपाल दलित मुक्ति मोर्चा कास्की, नेपाल दलित मुक्ति संगठन कास्की, दलित महिला संघ (फेडो) कास्की, विश्वकर्मा समाज कास्की, मिजार समाज कास्की, दलित सञ्जाल कास्कीलगायतले संयुक्त विज्ञप्ति जारी गरेर जातीय विभेदपूर्ण घटनाप्रति खेद व्यक्त गरेका छन् । उनीहरुले पीडकलाई तत्काल कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन अपिल पनि गरेका छन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments