पोखरा, ०८ चैत्त ।
पर्वतमा चितुवाले आतंक मच्चाएको छ । पर्वतको कुश्मामा घरभित्रै चितुवा पसेको हो । बुधबार बिहान बस्तीमा छिरेको चितुवा घरभित्र पस्दा स्थानीय त्रसित भएका छन् । डिभिजन वन कार्यालय,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको बताइएको छ ।
चितुवा नियन्त्रणका लागि पोखराबाट विज्ञको टोली बोलाइएको र उनीहरु आएपछि नियन्त्रणमा लिइने डिभिजन वन कार्यालयले जानाकारी दिएको छ । चितुवाले वन अधिकृत विष्णु अधिकारीलाई समेत आक्रमण गरेको छ । उनको घुँडामा सामान्य चोट लागेको छ ।
