HomeBreakingसहकारी संस्था ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ

सहकारी संस्था ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ

पोखरा, ०२ जेठ ।

पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा गैह्रापाटन बस्ने संस्थाका पूर्व अध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, पोखरा चाउथे बस्ने संस्थाका अध्यक्ष ४३ वर्षीय शंकर कार्की, पोखरा रानीपौवा बस्ने सहकारी व्यवस्थापक ३६ वर्षीया निरू थापा केसी, पोखरा अर्चले बस्ने कर्मचारी प्रमुख ३७ वर्षीय सुरेन्द्र मणी पौडेल, पोखरा आर्वा घर भएका कानुनी सल्लाहकार ५३ वर्षीय ईन्द्र प्रसाद बराल, पोखरा शिशुवा बस्ने पूर्व कोषाध्यक्ष ५२ वर्षीय कुलदिप भट्टराई, पोखरा शिशुवा बस्ने कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र पोखरा नयाँबजार बस्ने शेयर सदस्य एवम् सल्लाहकार ६९ वर्षीय मान बहादुर गुरूङ रहेका छन् ।

उक्त सहकारी संस्थाका संचालक समितिका पदाधिकारीहरू समेतले कुल बिगो १ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ४२ रूपैयाँ ८५ पैसा रकम अपचलन तथा हिनामिना गरेको भन्ने सहकारी रजिष्ट्रारको कार्यालय पोखराबाट प्राप्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments