HomeBreakingलागू औषध गाँजा सहित १ जना पक्राउ

लागू औषध गाँजा सहित १ जना पक्राउ

पोखरा, ०२ जेठ ।

इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ स्थित नयाँबस्ती सुकुम्बासी टोल बस्ने वर्ष ३३ वर्षीय गणेश गुरुङ रहेका छन् ।

उनलाई घरको कोठाबाट लागूऔषध गाँजा ३ किलो ७०० ग्राम, मोबाइल थान १ र नगद रु. ९ हजार ७ सय ४५ बरामद गरेको छ । कास्की प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार गणेशले नयाँबस्तीमा गाँजा सञ्चय गरी विक्री वितरण गर्दै आएका थिए ।

हाल पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा पन्ध्र (१५) दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments