पोखरा, २७ वैशाख ।
पोखरावाट एक जना महिला हराएकी छिन् । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन बस्ने वर्ष २४ की सृजना लिम्वु वैशाख २० गते बेलुुकी ७ बजे वाट हराएकी हुन् ।
गोरो वर्ण, उचाई अन्दाजी ४ फिट ८ ईन्च, ठिक्कको शरिर, माथी कालो र टुप्पोमा खैरो कपाल भएकी, गुलावी टिसर्ट गुलावी रङमा सेतो बुट्टा भरेको जामा र चप्पल लगाएकी महिला हराएको श्रीमान् विशाल सुनारले जानकारी दिनुभयो ।
श्रीमान्सँग सामान्य भनाभन गरेर घरवाट निस्किए हिडेको र अहिलेसम्म सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्नुहुनेले निजका श्रीमान् विशाल सुनारलाई ९७०४५७५११७ मा खबर गरिदिनहुन अनुरोध गरिन्छ ।
