HomeBreakingप्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने १ जना पक्राउ

प्रहरी हुँ भनी धम्की दिई रकम माग गर्ने १ जना पक्राउ

पोखरा, ०८ साउन ।

जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार प्रहरी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा लामाचौरका २१ वर्षीय सुजित क्षेत्रीलाई आइतबार पक्राउ गरिएको हो ।

‘कास्की प्रहरीको सूचना अधिकारी हुँ,तपाईहरुको केही काम काम छ भने भन्नुहोस्, गरिदिन्छु भन्दै ह्वाट्स एप र टेलिग्रामबाट सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई रकम माग गरेको सूचनाको आधारमा पक्राउ गरेका हौं ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारसमेत रहेका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि कास्की प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments