HomeBreakingजुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

पोखरा, २० असार ।

तनहुँ, ब्यास नगरपालिका–५ ठुलोघुम्ती बस्ने ४३ वर्षीय याम बहादुर कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा याम बहादुर समेत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ९ सय ९५ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने पर्वत मोदी गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुर्य भारतीको कोठामा जुवातास खेलिरहेको अवस्थामा भारती समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments