HomeBreakingजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मनाङ, ३० वैशाख ।

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ङिस्याङ गाउँपालिका–३ ङावल बस्ने २७ वर्षीय अर्जुन राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई सोही ठाउँस्थित मानिस नबस्ने पुरानो घरमा एक महिनाअघि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हुम्देबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments