HomeBreakingकास्कीमा लागू औषध सेवनकर्ताहरुलाई नियन्त्रणमा लिई प्रशिक्षण प्रदान

कास्कीमा लागू औषध सेवनकर्ताहरुलाई नियन्त्रणमा लिई प्रशिक्षण प्रदान

पोखरा, १२ भदौँ ।

कास्की प्रहरीले एक दिने अभियान चलाएर ठुलो संख्यामा लागुऔेषध प्रयोगकर्ता पक्राउ गरेको छ । प्रहरीले पोखराका विभिन्न स्थानबाट ६९ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले जनस्तरबाट गुनासो आएकाले लागुऔषध प्रयोेगकर्ता पक्राउ गरिएको जानकारी दिए । लागुऔषध प्रयोगकर्ताले विभिन्न ठाउँमा अखडा खडा गर्ने र विशेष गरी महिलाहरुलाई दुख दिने र चोरीमा संलग्न रहेको उनले बताए ।

पक्राउ गरिएका उनीहरुलाई लागुऔषधको प्रयोगबाट हुने असर र व्यक्तिगत जिवनमा पर्ने असरबारे प्रशिक्षण दिइएको थियो ।

लागुऔषध प्रयोग गर्दा के असर गर्छ र के कस्ता कानूनी कारवाही हुन्छ भन्नेबारे जानकारी दिएको थापाले बताए । प्रशिक्षण पछि उनीहरुलाई अब लागुऔषध प्रयोग नगर्ने सर्तमा छाडिएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments