HomeBreakingअवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

पोखरा, ०६ साउन ।

पोखरा महानगरपालिका–५ ज्योति मार्ग डेरा गरी बस्ने स्याङजा विरूवा गाउँपालिका–११ घर भएकी २२ वर्षीया सुस्मिता नेपालीसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुस्मिताको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

तनहुँ, बन्दिपुर गाउँपालिका–१ बन्दिपुर गेटस्थित बाटोबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही गाउँपालिका–४ बस्ने १९ वर्षीय बिनायक सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments